७ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या ५२ पुग्यो


मृत्यु

काठमाडौं, साउन १५ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ३ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार सुनसरी जिल्लाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङका १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको आज साँझ मृत्यु भएको छ । मोरङको सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि हिजो मं‌गलबार काेशी अस्पतालको फिभर क्लिनिकमा जाँच गर्न आएका उनको स्वाब संकलनपछि अस्पतालकै आइसाेलेसनमा भर्ना भएका उनको बुधबार बिहान कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उपचारका क्रममा उनको शरीरमा ७० प्रतिशत मात्र अक्सिजनको मात्रा देखिएको थियो । उनलाई हिजै विराटनगरको काेशी अस्पतालले रिफर गरेको थियो ।

उनलाई बुधबार दिउँसो करिब १ बजे विराटनगरबाट थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । दिउँसो १ बजे अस्पताल भर्ना भएका उनको पौने ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई अस्पताल ल्याउँदा नै निमोनियाको समस्या रहेको थियो । ती पुरुष भारतस्थित ससुरालीबाट श्रीमतीसहित १० दिन अगाडि आएका थिए । यसअघि पनि ती पुरुष भारतस्थित ससुरालीबाट आएर १४ दिन क्वारेन्टाइनमा बसेका थिए भने पछिल्लो पटक भने क्वारेन्टाइनमा बसेका थिएनन् ।

नारायणी अस्थायी कोरोना अस्पतालमा ६ दिनदेखि उपचाररत वीरगन्जका ६८ वर्षीय वृद्धको कोरोना संक्रमितको मृत्यु भएको हो । वीरगन्ज महानगरपालिका-७ रेशमकोठी निवासी ६८ वर्षीय वृद्धको बुधबार बिहान १० बजेर ४० मिनेटमा मृत्यु भएको हो । उनका अनुसार वीरगन्जकै एड्भान्स मेडिकेयर हस्पिटलमा उपचारको क्रममा पुरानो मुटु रोगी ती वृद्धमा स्वास-प्रश्‍वासमा समस्या देखिएपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना देखिएको थियो । कोरोना पोजिटिभ देखिएपछि साउन ८ मा एड्भान्स मेडिकेयरबाट कोरोना अस्पताल रेफर गरिएको थियो । मृतक उनी पुराना मुटुरोगी पनि थिए ।

साथै मेडिकल कलेजमा बिहान करिब ३ बजेको समयमा मृत्यु भएका ७० वर्षीय वृद्धको साँझ नारायणी अस्पतलाको प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनका अनुसार वीरगन्ज महानगरपालिका-६ माइस्थान निवासी ती वृद्ध मिर्गौला र दमका बिरामी थिए । उनको छातीमा पानी समेत जमेको थियो ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ४९ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !