२० बैशाख २०८१, बिहिबार

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ४९ पुग्यो


आत्महत्या

काठमाडौं, साउन १३ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार सुदूरपश्चिम प्रदेशको बझाङमा कोरोना भाइरसको संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको बुङ्गल नगरपालिका-३ का ६५ वर्षका वृद्ध रहेका छन् । मृतकलाई १४ दिन क्वारेन्टाइन राखेर कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै ६ साउनमा घर पठाइएको थियो । उनी दमको रोगी भएको बताइएको छ ।

घरमा बसिरहेको समयमा उनमा ९ साउनमा अकस्मात् स्वास्थ्य समस्या आउँदा मृत्यु भएको र सोमबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि थियो ।डडेल्धुरा अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । उनको मृत्युपछि कोरोना पुष्टि भएको हो । मृतक असार २४ गते भारतबाट फर्किएका थिए । उनको ९ साउनमै परम्परागत रूपमा दहासंस्कार गरिएको थियो ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या ४८ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !