५ जेष्ठ २०८१, शनिबार

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या ४८ पुग्यो


मृत्यु

काठमाडौं, साउन १२ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ३ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पर्साको वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय वृद्धमा मृत्युपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा भारतीय नागरिक उनमा काेराेना पोजेटिभ देखिएको थियो । वीरगन्जस्थित पसल गर्दै आएका ६५ वर्षीय उनको आइतबार बिहान पौने ७ बजेतिर उपचारको क्रममा मृत्यु भएको थियो ।

परिवारका अनुसार उनी गत ५ दिनदेखि नै ज्वरो र खोकीले ग्रस्त भएपछि उनलाई सुरुमा नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । पछि त्यहाँबाट कोरोना परीक्षणको लागि स्वाब दिएर उनलाई वीरगन्ज हेल्थ कियरमा लगिएको थियो । वीरगन्ज हेल्थ कियरमा पनि आरडिटी परीक्षण गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएपछि शनिबार राति ८ बजे गण्डक अस्पताल ल्याइएको थियो । राति स्वास्थ्य अवस्था थप जटिल भएपछि भेन्टिलेटरमा राखेर उपचार गरेपनि आइतवार बिहान उनको निधन भएको थियो ।

त्यस्तै धनुषा जिल्लाको शहिदनगर नगरपालिका डुमरीयाका ३६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएकाे हाे । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारपछि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । अत्यधिक ज्वरो, रुघाखोकी लागेपछि उनी शनिबार प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए ।

उनलाई फोक्सो र मुटुमा समेत समस्या थियो ।उनलाई करिब १ हप्तादेखि कोरोनाको लक्षण देखिएकोमा शनिबार प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा ल्याएपछि स्वाब परिक्षण गर्दा आज नै उनको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित उनमा कुनै प्रकारको दिर्घ रोग देखिएको थिएन ।

साथै बाराको फेटा गाउँपालिका-३ का ६० वर्षीय पुरुषको आज सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा मृत्यु भएको हो । उनी निमोनिया, मिर्गौला र मस्‍तिष्कघात सम्बन्धी रोगका विरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको हो ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ४५ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !