९ आश्विन २०८१, बुधबार

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ४४ पुग्यो


काठमाडौं, साउन ९ । आज नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पर्सा जिल्लाको वीरगञ्जमा अवस्थित गण्डक अस्पताल उपचाररत कोरोना संक्रमित १ जना वृद्धा महिलाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका-११ श्रीपुरकी ८५ वर्षीया ती महिलाको आज शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको हो ।

मुटुरोगी ती बृद्धाको स्वास्थ्यमा समस्या देखिएपछि ५ दिन पहिले वीरगञ्जकै एडभान्स हस्पिटलमा भर्ना गरिएको थियो । एडभान्स हस्पिटलमा उपचारका क्रममा कोरोनाको लक्षण देखिएपछि गत मङगलवार उनको स्वाब संकलन गरी परीक्षण गर्दा ७ गते बुधबार राती कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्‍टि भएपछि उनलाई बिहीबार गण्डक अस्पतालको आइसोलेसनमा ल्याइएको थियो ।

यो पनि पढ्नुहोस्

पर्साको वीरगञ्जमा कोरोना संक्रमणका कारण थप १ जना वृद्धाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ४३ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !