५ जेष्ठ २०८१, शनिबार

पर्साको वीरगञ्जमा कोरोना संक्रमणका कारण थप १ जना वृद्धाको मृत्यु


कोरोना भाइरस

वीरगञ्‍ज, ९ साउन । पर्सा जिल्लाको वीरगञ्जमा अवस्थित गण्डक अस्पताल उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित १ जना वृद्धा महिलाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका-११ श्रीपुरकी ८५ वर्षीया ती महिलाको आज शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिएका छन् ।

मुटुरोगी ती बृद्धाको स्वास्थ्यमा समस्या देखिएपछि ५ दिन पहिले वीरगञ्जकै एडभान्स हस्पिटलमा भर्ना गरिएको थियो । एडभान्स हस्पिटलमा उपचारका क्रममा कोरोनाको लक्षण देखिएपछि गत मङगलवार उनको स्वाब संकलन गरी परीक्षण गर्दा ७ गते बुधबार राती कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्‍टि भएपछि उनलाई बिहीबार गण्डक अस्पतालको आइसोलेसनमा ल्याइएको थियो । संक्रमित बृद्धाको मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको छ । शव व्यवस्थापन कहाँ लगेर गर्ने भन्ने विषयमा छलफल भइरहेको पनि छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !