७ जेष्ठ २०८१, सोमबार

पर्साको वीरगञ्जमा कोरोना संक्रमणवाट १ जना बृद्धको मृत्यु


मृत्यु

वीरगञ्ज, साउन ८ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । वीरगञ्जमा साउन ६ गते मृत्यु भएका एक जना ७० वर्षीय पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको छ । ​

नारायणी अस्थाई कोभिड अस्पताल गण्डकको आइसोलेसनमा उपचारका क्रममा साउन ६ गते मंगलवार मृत्यु भएका वीरगंज महानगरपालिका-६ का ती पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जानकारी दिएको छ  ।

वीरगञ्ज-६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो । मृत्युपछिको परीक्षणमा उनलाई कोरोना पुष्टि भएको हो । मृत्युपछि उनको स्वाब संकलन गरिएको थियो ।

नारायणी अस्पतालको पीसीआर ल्याबमा जाँच गर्दा बुधबार कोरोना पोजेटिभ देखिएको थियो । निमोनिया र श्वासप्रश्वासको समस्याबाट ग्रस्त भएपछि साउन ५ गते वीरगंजस्थित एडभान्स हस्पिटल पुगेका उनलाई त्यहाँबाट मात्र कोभिड अस्पताल रिफर गरिएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !