६ जेष्ठ २०८१, आइतबार

ब्रत बसेकी महिलाको पुजा गर्दागर्दै मुत्यु


मुत्यु

सुर्खेत, ६ साउन । ब्रत बसेकी एक महिलाको मन्दिरमा पूजा गर्दागर्दै मुत्यु भएको छ । सोमबार दिउँसो जिल्लाको बराहताल गाउँपालिका भट्टेघाडीस्थित शिव धाम मन्दिरमा पूजा गर्दागर्दै उनको मृत्यु भएको हो ।

उनी साउने सोमबारे ब्रत बसेकी थिइन् । मृतक ५० वर्षीया महिला लक्ष्मी शाही वडा नम्बर ४ सिम्लेघारी निबासी हुन् । दिउँसो करिब १२ बजेतिर मन्दिरमा पूजाआजा गरी नृत्यकर्म गर्ने क्रममा मृत्यु भएको वडाध्यक्ष मणिराज कार्कीले बताए ।

उनका अनुसार मृतक लक्ष्मीसँगै उनकी बुहारी पनि मन्दिर आएकी थिइन् । तर मृतक लक्ष्मी भने दिर्ग रोगीको बिरामी रहेको र हिजोदेखि ब्रत बसेर खाना नखाएको उनले बताए । स्थानीय भैरव प्राविमा कार्यरत शिक्षिका मनिषा शाहीका अनुसार मन्दिरमा जल चढाउँदै पूजा गर्नेक्रममा लक्ष्मी बेहोस भएकी थिइन् । पछि होस् नखुलेरै उनको मृत्यु भएको हो ।

उक्त मन्दिरमा हप्तामा दुई दिन सोमबार र शुक्रबार पूजा लाग्छ । मृतक लक्ष्मीको शव अहिले मन्दिर नजिकै उनका आफन्तको घरमा राखेर परिवारलाई बोलाइएको वडाध्यक्ष कार्कीले बताए । घटनाबारे स्थानीयले प्रहरीलाई समेत जानकारी गराएका खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !