६ बैशाख २०८१, बिहिबार

राष्ट्रिय सम्मानका साथ भिक्षु ज्ञानपूर्णिकको अन्त्येष्टि


राष्ट्रिय सम्मानका साथ भिक्षु ज्ञानपूर्णिकको अन्त्येष्टि lbj+ut dxf:ylj/sf] zjofqf sf7df8f}F, @! c;f/ M ;ftf}+ ;+3gfos leIf’ 1fgk”l0f{s dxf:ylj/sf] clGtd ;+:sf/sf nflu dLgejgl:yt ljZj zflGt ljxf/af6 z+vd”n nlub} . zjofqfdf leIf’ u0f, cgufl/sf / hg;fwf/0fsf] ;xeflutf /x]sf] lyof] . t:jL/ M /Tg >]i7÷ /f;;

काठमाडौँ, २१ असार । सातौँ सङ्घनायक डा. भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेपालको थेरवादी बौद्ध जगतका शिखर व्यक्तित्व भिक्षु ज्ञानपूर्णिकको ललितपुरस्थित शङ्खमूल घाटमा आज बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

स्व भिक्षु ज्ञानपूर्णिकलाई कार्यवाहक सङ्घ नायक भिक्षु बोधिसेन महास्थवीर र अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले दागबत्ती दिएपछि उहाँका आफन्तजन श्रीदेवी गुभाजु, प्रदीप बज्राचार्य र रम्भा शाक्यले अग्नी संस्कार गर्नुभएको भिक्षु निग्रोधले जानकारी दिनुभयो । अग्नि संस्कारअघि उहाँको पार्थिव शरीरमा पूर्वमन्त्री एवं सांसद कृष्णगोपाल श्रेष्ठले नेपालको राष्ट्रिय झण्डा ओडाउनुभएको थियो ।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले स्व भिक्षु ज्ञानपूर्णिकलाई सम्मानस्वरुप सलामी अर्पण गरेको थियो । उहाँको अन्त्येष्टिमा सांसदहरु सुजिता शाक्य, बीना श्रेष्ठ र शोभा शाक्य, ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनलगायत सहभागी हुनुहुन्थ्यो ।

यसअघि तीनकुनेस्थित विश्वशान्ति विहारबाट भिक्षु ज्ञानपूर्णिकको शव यात्रा निकालिएको थियो । शङ्खमूल घाटमा बौद्ध पाठ गरिएको थियो । उहाँको ८१ वर्षको उमेरमा शुक्रबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा निधन भएको थियो । मिर्गौला रोगबाट पीडित उहाँ नियमित डायलासिस गराउँदै आउनुभएको थियो । भिक्षु ज्ञानपूर्णिकलाई श्रद्धाञ्जलि दिन तीन दिनसम्म उहाँको पार्थिव शरीर विश्वशान्ति विहारमा राखिएको थियो ।

भिक्षु ज्ञानपूर्णिकले बुद्ध धर्मबारे ६० भन्दाबढी किताब लेख्नुभएको छ । उहाँ धर्मोदय महासभाको पूर्वअध्यक्षसमेत रहनुभएको थियो । उहाँले थाइल्याण्डको महाचुलालोङ्कर्न विश्वविद्यालय र महामुकुट विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्राप्त गर्नुभएको थियो । भिक्षु अग्गमहापण्डित थेरवाद बुद्ध धर्मको सातौँ सङ्घनायकसमेत हुनुहुन्थ्यो । बुद्धधर्मसम्बन्धी दर्जनौँ ग्रन्थ उहाँले नेपाल भाषा, नेपाली र अङ्ग्रेजीमा अनुवाद गर्नुभएको छ ।

भिक्षु ज्ञानपूर्णिकको जन्म १९९६ साल मङ्सिर ६ गते पाल्पाको तानसेनमा बुबा सूर्यलाल शाक्य र आमा चन्द्रमाया शाक्यको कान्छो छोराका रुपमा भएको थियो । भिक्षु हुनुभन्दाअघि उहाँको नाम हिरालाल शाक्य थियो । उहाँ लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गतको थेरवादी बौद्ध एकेडेमीको संरक्षक र संस्थापक अध्यक्षसमेत हुनुहुन्थ्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !