१८ बैशाख २०८१, मंगलबार

बाग्लुङको क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि


कोरोना संक्रमणबाट मृत्यु

पोखरा, असार २१ । बागलुङको क्वारेन्टिनमा मृत्यु भएका १ जना युवकमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका-४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका २९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको थियो।
लामो समयदेखि भारतमा बस्दै आएका उनी मिर्गौला सम्बन्धी रोगबाट पीडित थिए । योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ । तर यसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !