११ बैशाख २०८१, मंगलबार

शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित डेढ महिने शिशुको मृत्यु


मृत्यु-निधन

काठमाडौं, असार १८ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक जना कोरोना संक्रमित शिशुको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारत ४६ दिनका शिशुको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । मंगलबार कोरोना संक्रमण पुष्टि भएका उनको हिजो बुधबार साँझ साँझ ४ बजेतिर मृत्यु भएको हो ।

उनी ३ साता अघि अस्पताल भर्ना भएका र जन्मेको ४५ दिनमा मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । त्रिवि शिक्षण अस्पतालमा घाँटीको समस्या लिएर उपचारका लागि ३ साता अघि भर्ना भएका थिए । म्याग्दी घर भएका ती शिशुको घाँटीमा समस्या देखिएपछि शल्यक्रिया गर्नुअघि कोरोना परीक्षण गर्दा मंगलबार रिपोर्ट पोजेटिभ आएको थियो ।

शिशुको अवस्था जटिल भएपछि चिकित्सकहरुले कोरोनाको रिपोर्ट नआउँदै सोमबार आइसोलेसन विभागमा नै शिशुको घाँटीको शल्यक्रिया गरेका थिए । मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसन वार्डमा नै राखिएको थियो । शिशुको हिजो बेलुका मृत्यु भएपछि शव व्यवस्थापन समेत गरिसकेको अस्पताल स्रोतले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !