१२ बैशाख २०८१, बुधबार

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या २९ पुग्यो


मृत्यु

१५ असार, काठमाडौँ । आज नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार ललितपुरको सानेपास्थित स्टार अस्पतालमा उपचाररत १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित मृत्यु भएको छ । रौतहट निवासी ३० वर्षीय ती पुरुषलाई शनिबार साँझ स्टार अस्पतालको कोभिड आईसीयू भर्ना गरेर भेन्टिलेटरमै राखिएको थियो ।

शनिबार राती नै उनको मृत्यु भएको थियो तर उनको पीसीआर रिपोर्ट भने आइबार साँझ मात्रै आएको हो । अस्पतालका अनुसार ती युवकको छातीमा गम्भीर संक्रमण देखिएपछि केही महिना अघि भारतमा समेत उपचार गरिएको मेडिकल हिस्ट्रीमा देखिएको छ ।

अस्पताल ल्याउँदासम्म बिरामीको अवस्था गम्भीर भई सकेको थियो । बिरामी कोभिड आईसीयूमा भर्ना गरेर स्वाब परीक्षणका लागि पाटन अस्पताल पठाइएको थियो । शव डिस्इन्फेक्ट गरी प्लास्टिकमा सुरक्षित साथ बेरेर व्यवस्थित गरी अस्पतालमा राखिएको छ । संक्रमित शव सेनाको जिम्मा लगाइएको छ ।

संक्रमितको उपचारमा संलग्न १ जना चिकित्सक २ जना स्टाफ नर्स र १ जना सहयोगीलाई अस्पतालको क्वारेन्टाइनमा राखिएको छ । बिरामीका ४ जना आफन्तलाई समेत अस्पतालकै आइसोलेसनमा राखिएको छ । मृतकका आफन्तको पनि स्वाब परीक्षण गरी रिपोर्ट नआएसम्म अस्पतालले उनीहरुको खाने बस्ने व्यवस्था गर्नेछ ।

नेपालमा यसअघि सिन्धुपाल्चोकमा १ जना, बाँकेमा २ जना, गुल्मीमा ३ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका २ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका ३ जना, स्याङ्जाका २ जना, चितवनका ३ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना, बाराका १ जना, दाङमा १ जना र  गरी २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस् 

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या २८ पुग्यो

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !