२० बैशाख २०८१, बिहिबार

चितवनमा कैलालीका १ जना कोरोना संक्रमितको मृत्यु


मृत्यु-निधन

भरतपुर, असार १३ । चितवनमा आज शनिवार थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका-७ लालपुरका ५० बर्षिय पुरुषको आज विहान ७ बजे भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले पुष्टि गरेका छन् ।

शुरुमा असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनमा बिहीबार ११ गते राति कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो । उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि असार ११ गते राति १० बजे भरतपुर अस्पताल स्थानान्तरण गरिएको थियो ।

उनी लामो समयदेखि फोक्सोको क्यान्सरका विरामी थिए । ती पुरुष क्यान्सरका उपचारका सिलसिलामा भारतबाट फर्किएका थिए । हिजो १२ गते दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेशन वार्डबाट आइसियूमा सारिएको थियो ।

चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी र अथक प्रयासमा उपचार गर्दा गर्दै मृत्यु हुन पुगेकोमा सम्पूर्ण भरतपुर अस्पतालले परिवार गहिरो दु:ख ब्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना एवं श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति अस्पतालले हार्दिक समवेदना व्यक्त गरेको छ ।

यसअघि पनि कोभिड-१९ का कारण मिति जेठ २७ गते ६८ वर्षीय पुरुषको निधन भएको अस्पतालले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।

यसअघि नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना, बाँकेमा २ जना, गुल्मीमा ३ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका २ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका ३ जना, स्याङ्जाका २ जना, चितवनका २ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना, बाराका १ जना र दाङमा १ जना गरी २७ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !