११ बैशाख २०८१, मंगलबार

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या २८ पुग्यो


मृत्यु

१३ असार, काठमाडौँ । आज नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार चितवनमा आज शनिवार थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका-७ लालपुरका ५० बर्षिय पुरुषको आज विहान ७ बजे भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु भएको हो ।

शुरुमा असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनमा बिहीबार ११ गते राति कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो । उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि असार ११ गते राति १० बजे भरतपुर अस्पताल स्थानान्तरण गरिएको थियो ।

उनी लामो समयदेखि फोक्सोको क्यान्सरका विरामी थिए । ती पुरुष क्यान्सरका उपचारका सिलसिलामा भारतबाट फर्किएका थिए । हिजो १२ गते दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेशन वार्डबाट आइसियूमा सारिएको थियो ।

यो पनि पढ्नुहोस् 

नेपालमा संक्रमितको संख्या १२ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ५५४ संक्रमित

नेपालमा अहिलेसम्म २८३४ जनाले जिते कोरोना, थप १३६ जना घर फर्किए

चितवनमा कैलालीका १ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या २७ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !