२ जेष्ठ २०८१, बुधबार

अर्घाखाँचीमा क्वारेन्टाइनमा एक पुरुषले गरे आत्महत्या


आत्महत्या

बुटवल, असार ३ । अर्घाखाँची जिल्लाको क्वारेन्टाइनमा बसेका एक जना पुरुषले आत्महत्या गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका-५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले हिजो राति आत्महत्या गरेका हुन् ।

कोरोना भाइरस आरडीटी रिपोर्ट पोजेटिभ आएका ती पुरुषले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । विहान ३ बजेतिर आफुसँगै रहेका २ जनालाई समेत उठाई शौचालय गएको र आएपछि सँगै रहेका साथीहरु सुतेपछि फर्किएर गई आत्महत्या गरेको बुझिएको छ ।

गत जेठ १० गते भारतबाट आएर क्वारेन्टिन बस्दै आएका उनको आरडिटी परिक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको भएपनि पिसिआर रिपोर्ट भने आइ नसकेको शितगंगा नगरपालिकाले जानकारी दिएको छ । जेठ २६ गते पिसिआर परिक्षणको लागि स्वाब संकलन गरि भैरहवा लगिएको भएपनि उनको रिपोर्ट अझैसम्म आइ सकेको छैन् ।

पिसिआर रिपोर्ट नआईपुगेको कारण अहिलेपनि उनको शव रुखमै झुण्डिएकै अवस्थामा रहेको छ । स्वावको रिपोर्ट नआउँदासम्म शव त्यतिकै रहने बताइएको छ । उक्त क्वारेन्टिन गाउँमै रहेको कारण अहिले घटनास्थलमा परिवार तथा आफन्तहरुको रूवाबासी चलेको छ । उनी क्वारेन्टिन रहेको विद्यालय परिसरमा रहेमा खनियाको बोटमा आफ्नै ओछ्यानमा विच्छाएको तन्नाले पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !