४ बैशाख २०८१, मंगलबार

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या १८ पुग्यो


मृत्यु

काठमाडौँ, जेठ ३१ । आज नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट २ जनाको मृत्यु भएको पुष्टि छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नारायणी अस्पतालमा गरिएको स्वाब परीक्षणमा वीरगञ्जको घण्टाघरमा मृत फेला परेका ब्यक्ति र वीरगञ्ज हेल्थ केयर उपचारका क्रममा मृत्यु भएका बाराका ५ वर्षीय बालकमा संक्रमण पुष्टि भएको हो ।

पर्साको वीरगन्ज घण्टाघर नजिकै बेवारिसे पुरुषको शवमा कोरोना पुष्टि भएको छ । शुक्रबार राति गत जेठ २८ गते बेवारिसे अवस्थामा भेटिएको १ जना पुरुषको शव र अन्य ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जेठ २८ गते बेवारिसे अवस्थामा मृत भेटिएका अन्दाजी २५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।

उपचारको क्रममा शुक्रबार वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्थायी कोभिड अस्पतालका अनुसार शुक्रबार अपरान्ह स्वाब लिइएको ती बालकको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । बाराको निजगढ नगरपालिका-६ योजनाटोल निवासी ती बालकलाई शुक्रबार बिहान ११ बजेतिर वीरगन्ज हेल्थ केयर हस्पिटलमा ल्याइएको थियो ।

ती बालकमा निमोनिया र ज्वरो देखिएपछि आकस्मिक कक्षमै आरडीटी परिक्षण गरिएको थियो । आरडीटी पोजिटिभ आएपछि उनलाई आइसोलेसन वार्डमा सारेर नारायणी अस्पतालको टोली बोलाइएको थियो । नारायणीको टोलीले गरेको आरडीटी परीक्षण पनि पोजिटिभ आएपछि थ्रोट स्वाब संकलन गरिएको थियो । नारायणी अस्पतालको ल्याबमा टेस्ट रिपोर्ट पोजिटिभ आएको हो ।

नेपालमा अहिलसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । आज २७३ कोरोना संक्रमितहरुमध्ये २४७ जना पुरुषहरु र ३६ जना महिलाहरु रहेका छन् । नेपालमा अहिलेसम्म ५३३५ कोरोना संक्रमितहरुमध्ये ४९४९ जना पुरुषहरु र ३८६ जना महिलाहरु रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ३६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ९१३ जना पुगेको छ ।

यसअघि नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना र कैलालीका १ जना, स्याङ्जाका १ जना, चितवनका १ जना र अर्घाखाँचीका १ जना गरी १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको थियो ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ५३३५ पुग्यो, आज थपिए कोरोनाका नयाँ २७३ संक्रमित

नेपालमा ९१३ जनाले जिते कोरोना, थप ३६ जना घर फर्किए

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !