८ बैशाख २०८१, शनिबार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुग्यो


मृत्यु

काठमाडौँ, जेठ ३० । आज अर्घाखाँचीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । परीक्षणका लागि पठाइएको स्वाब परीक्षण गर्दा  रिपोर्ट पोजेटिभ आएको थियो  । गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा ५७ वर्षका १ जना पुरुषको बाटोमै मृत्यु भएको थियो ।

वडा नम्वर ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका उहाँको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको हो । घाँटीको शल्यक्रिया समेत गरेका उहाँलाई श्वास-प्रश्वासमा समस्या आएपछि उपचारका लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कमा सामान्य उपचारपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल सिफारिस गरिएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार उपचारपछि घर फर्कदै गरेका उहाँको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो । योसँगै अर्घाखाँचीमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४४८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ । नेपालमा अहिलसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । आज ४४८ कोरोना संक्रमितहरुमध्ये ४२४ जना पुरुषहरु र २४ जना महिलाहरु रहेका छन् । नेपालमा अहिलेसम्म ५०६२ कोरोना संक्रमितहरुमध्ये ४७०९ जना पुरुषहरु र ३५३ जना महिलाहरु रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा १६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ८७७ जना पुगेको छ ।

यसरी नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना र कैलालीका १ जना, स्याङ्जाका १ जना, चितवनका १ जना र अर्घाखाँचीका १ जना गरी १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको थियो ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ५०६२ पुग्यो, आज थपिए कोरोनाका नयाँ ४४८ संक्रमित

नेपालमा ८७७ जनाले जिते कोरोना, थप १६ जना घर फर्किए

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !