१८ बैशाख २०८१, मंगलबार

प्रेममा धोका पाएपछि प्रेमिकाले काटिन् प्रेमीको लिङ्ग


प्रेमिकाले काटिन् प्रेमीको लिङ्ग

मंसीर २४, काठमाडौं । राजधानीको बौद्धमा एक युवतीले प्रेममा धोका पाएको भन्दै प्रेमीको लिङ्ग काटिदिएकी छिन् । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी रमेश सिंहका अनुसार १९ वर्षीया थिङ थरकी युवतीले २१ वर्षीया सुनुवार थरका व्यक्तिको लिंग काटिदिएकी हुन् ।

उक्त घटनामा मकवानपुर घर भइ बौद्ध बस्दै आएका सुनुवार सख्त घाइते भएका छन् । घाइते सुनुवारको ओम अस्पतालमा आईसीयूमा भर्ना भएर उपचार गराइरहेका छन् । ती व्यक्ति काठमाडौंको एक होटलमा कर्मचारी हुन् । महानगरीय प्रहरीले ती युवतीलाई पक्राउ गरेको छ ।

एक वर्षदेखिको प्रेममा धोका पाएको भन्दै यस्तो हर्कत अपनाएको युवतीले प्रहरीसँग बयान दिएकी छिन् । डीएसपी सिंहका अनुसार युवतीले प्रयोग गरेको चक्कु बरामद भएको छ । युवतीमाथि ज्यान मार्ने उद्योगमा मुद्दामा म्याद थपेर अनुसन्धान थालिएको जानकारी सिंहले दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !