१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेशका नेता मोहम्मद अफताब आलमको बयान रोकिएको छ । आलमका कानुन व्यवसायीहरुले मिसिलको नक्कल उपलब्ध नगराएको भन्दै विरोध गरेपछि रौतहट जिल्ला अदालतमा भइरहेको बयान रोकिएको हो ।
ज्यान मारेको, ज्यान मार्ने उद्योग गरेको र अवैधानिक रुपमा विस्फोटक पदार्थ राखेको अभियोगमा मंगलबारदेखि अदालतमा आलमको बयान लिइएको थियो ।