७ आश्विन २०८१, सोमबार

निलम्बित कम्पनीलाई ठेक्का


२१ असार, काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले ७८ करोड लागत भएको मोबाइल डिभाइस म्यानेजमैन्ट सिस्टम प्रणाली स्थापना गर्न विवादित मलेसियन कम्पनीसँग सम्झौता गरेको छ ।

प्राधिकरण र मलेसियाली कम्पनी न्युमेरा जेभीबीच बिहीबार सम्झौता गरेको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

मलेसियाली कम्पनी न्युमेरा आफ्नै देशमा यस्तै खालको प्रणालीको तथ्यांक सुरक्षा गर्न नसकेको भन्दै विवादीत छ ।

प्राधिकरणले एमडीएमएस खरिद प्रक्रिया सुरु गर्दा मलेसियाको यो कम्पनी आफ्नै सरकारी निकायले निलम्बन गरेको भन्दै मुद्दा प्रक्रियामा थियो

यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !