६ आश्विन २०८१, आइतबार

चिट्ठासहित भारतीय पक्राउ


पक्राउ

सुरुङ्गा, १३ असार । चिट्ठासहित एक भारतीय नागरिक आज भद्रपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पश्चिम बगाल दार्जिलिङ जिल्ला डेङगुजोत निवासी २० वर्षीय मोहमद एनसउल रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

विशेष सूचनाको आधारमा उनलाई भद्रपुर–६ स्थित भानुनगर नजिकैबाट पक्राउ गरिएको हो । उनको साथबाट प्रहरीले पश्चिम बगाल र नागालैण्ड स्टेट कम्पनीको १२० ठेली चिट्ठा (लट्री) बरामद गरेको छ ।

पछिल्लो समय नेपाली सीमावर्ती बजारमा भारतीय चिट्ठा (लट्री) बेचविखन गर्ने कारोवारीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा प्रतिबन्धित मानिएको भारतीय चिट्ठाको कारोवार बढेसँगै नेपालीको लाखौँ रुपैयाँ भारत गइरहेको छ । चिट्ठा ऐन, २०२५ को दफा २ मा नेपाल सरकारको अनुमतिमाबाहेक कसैले पनि चिट्ठाको खरीद बिक्री गर्ने काम गर्न वा गराउन नपाइने उल्लेख गरिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !