५ आश्विन २०८१, शनिबार

बालक २२ दिनदेखि बेपत्ता


Nepalpatra

वालिङ, १ असार । याङ्जाको भीरकोट नगरपालिका– ५ आग्रिडाँडाका चौध वर्षीया बालक बेपत्ता भएका छन् ।

गत जेठ १० गते दिउँसो ३ बजेर ३० मिनेटको समयमा भिरकोट– ५ आग्रिखर्कस्थित घरबाटै गणेश विक बेपत्ता भएका हुन् । बाख्रा चराएर घर फर्केपछि घरबाट हिँडेको छोराको यत्तिका दिनेसम्म पनि कुनै अत्तोपत्तो नभएको आमा सीता विकले दुखेसो गर्नुभयो । “घर छोडेर कहिल्यै टाढा गएर धेरै दिन बसेको थिएन, कतै जानु परे पनि सोधेर हिड्थ्यो” आमा विकले भन्नुभयो, “तर अहिले घरमा केही नभनिकन कहाँ गएको हो, कुनै अत्तोपत्तो छैन ।”

बेपत्ता भएका गणेशको सम्भावित ठाउँमा खोजी कार्यलाई जारी राखिएको छ भने जिल्लास्थित प्रहरी कार्यालयमा पनि जानकारी गराइसकिएको आमा विकले बताउनुभयो ।

“छोराको फोटोसहित खोजीका लागि अहिले समूह बनाएर चारैतिर डुल्ने काम भइरहेको छ” आमा विकले भन्नुभयो, “छोराको चिन्ताले रुँदै बस्दै गरेकी छु । ” (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !