१६ आश्विन २०८१, बुधबार

वडा सचिव घुससहित पक्राउ


पक्राउ

९ पुस, खस्यौली । अख्यितार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले आज यहाँ घुससहित वडा सचिवलाई पक्राउ गरेको छ ।

बुटवल उप महानगरपालिका– १३ का वडा सचिव भरतकुमार काउचालाई रु पाँच हजारसहित आयोगको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो । सो सम्बन्धि अनुसन्धान भइरहेको आयोगका प्रमुख रवी पन्थले जानकारी दिनुभयो ।

पक्राउ परेका काउचालाई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो । उनले बसाइँसराइको कागजात मिलाउने विषयमा सेवाग्राहीसँग घुस लिएका थिए । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !