१६ आश्विन २०८१, बुधबार

अभद्र व्यवहार गर्ने तीन पक्राउ


पक्राउ

६ पुस, सप्तरी । सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीन जना पक्राउ परेका छन् ।

शनिबार राति पीडितको कपाल मुडेर जुत्ताको माला लगाई अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले खड्ग नगरपालिका–२ का ५५ वर्षीय रूपनारायण राम, ३५ वर्षीया अहिल्यादेवी राम र १८ वर्षीय सुनील रामलाई पक्राउ गरेको जनाएको छ ।

चरित्रहीनको झूठो आरोप लगाई कपाल काटेर जुत्ताको माला लगाई अत्यन्तै अमानवीय व्यवहार गरेको पीडितले दुखेसो पोखिन् । इलाका प्रहरी कार्यालय कडरबोनाले अभद्र व्यवहार गरेको आरोपमा आरोपितलाई पक्राउ गरी कारवाही शुरु गरेको प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !