१६ कार्तिक २०८१, शुक्रबार

गाडीमा आगजनी गरेको आरोपमा चार पक्राउ


पक्राउ

२५ वैशाख, इलाम । गाडीमा आगजनी गरेको आशंकामा इलाम प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

प्रहरीले इलाम नगरपालिका–३ जौवारीका काजीमान सुनुवार, सूर्योदय नगरपालिका–१२, आइतबारेका लाक्पा शेर्पा, इलाम नगरपालिका–३ बस्ने चन्द्र थापा र इलाम नगरपालिका–३ पूवामझुवाका समिर भन्ने सञ्जीवकुमार राईलाई सोमबार पक्राउ गरेको हो ।

मेची राजमार्गको इलाम पूवाखोला सडकखण्डमा गत वैशाख २२ गते गाडीमा आगजनी गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले उनीहरूलाई पक्राउ इलामका प्रहरी उपरीक्षक विपीनकुमार कर्माचार्यले जानकारी दिनुभयो ।

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेको दिन गाडीमा आगजनी भएको थियो । पक्राउ परेका उनीहरूको साथबाट चन्दा रसिद, पार्टीका विभिन्न पर्चालगायतका सामग्रीसमेत बरामद गरिएको बताइएको छ ।

बिर्तामोडवाट इलाम हुँदै सामान लिएर फिदिमतर्फ जाँदै गरेको (पिकअप) मा आगजनी भएको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाम प्रहरीको भनाइ छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !