१५ जेष्ठ २०८१, मंगलबार

१० लाख नगदसहित एक पक्राउ


पक्राउ

२३ वैशाख, काठमाण्डौ । हुन्डी कारोबारमा संलग्न एक व्यक्तिलाई महानगरीय प्रहरी वृत्त जनसेवावाट खटिएको विशेष टोलीले झापा शिवगञ्ज गाउँपालिका– २ का २४ वर्षीय विपीन उप्रेतीलाई नगद १० लाख ४० हजार रुपैयाँसहित शुक्रबार पक्राउ गरेको छ ।

झोला बोकी हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उप्रेतीले हुन्डी कारोबार गरेको खुलेपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर, काठमाण्डौका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।

अनुसन्धानका क्रममा मुख्य कारोबारी रमेश सिबाकोटी रहेको र ३३ लाख लाख रुपैयाँसम्म कारोबार भएको खुलेको प्रहरीले जनाएको छ ।उप्रेतीमाथि अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु