६ जेष्ठ २०८१, आइतबार

अज्ञात समूहद्वारा गाडीमा आगजनी


आगलागी

२२ वैशाख, इलाम । मेची राजमार्गको इलामपुवाखोला खण्डमा आज बिहान अज्ञात समूहले गाडीमा आगजनी गरेको छ ।

बिर्तामोडवाट इलाम हुँदै सामान लिएर फिदिमतर्फ जाँदै गरेको मे१च ७८१५ नंको गाडी (पिकअप) मा इलाम नगरपालिका–४, पुवाखोला नजिकै आगजनी गरिएको प्रहरीले जनाएको छ ।

बिहान राजमार्ग छेउको जंगलवाट निस्किएका पाँच सात जनाको समूहले गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !