५ आश्विन २०८१, शनिबार

फरार रहेका अभियुक्त १९ वर्षपछि पक्राउ


crimes

११ वैशाख, गुलरिया । उन्नाइस वर्षअघि एक जनाको हत्या गरी फरार रहेका दोषीलाई प्रहरीले मंगलबार बुटवलवाट पक्राउ गरेको छ ।

गुलरिया–२ खैरापुरका नवराज पौडेलको हत्याका दोषीमध्येका ६५ वर्षीय पीताम्बर ढकाललाई बुटवल—१६ देवीनगरबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

पौडेललाई २०५५ चैत १६ गते आपसी लेनदेनका विषयमा विवादपछि हत्या गरिएको थियो । ढकाललाई जिल्ला अदालतले २०५८ माघ २२ मा २० वर्ष कैद फैसला सुनाएको थियो । उनी बुटवलमा बस्दै आएका थिए ।

पौडेल हत्याका ५ आरोपितमध्ये २ जनालाई अदालतले सफाइ दिएको छ । अन्य दुई अझै फरार छन् । पौडेलको शव हत्या गरी गहुँबारीमा फालिएको अवस्थामा १३ दिनपछि फेला परेको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !