१३ आश्विन २०८१, आइतबार

खुकुरी प्रहार गर्ने एक युवक पक्राउ


crimes

६ वैशाख, काठमाण्डौ । श्रीमतीलाई खुकुरी प्रहार गरेको अभियोगमा कागेश्वरी नगरपालिका–७ हरहर महादेववाट सिन्धुली कमलामाई नगरपालिका घर भएका ४० बर्षीय चन्द्र बहादुर खत्री पक्राउ परेका छन् ।

उनलाई प्रहरीले एउटा खुकुरीसहित पक्राउ गरेको हो । उनले बुधबार सामान्य विवादका क्रममा २८ बर्षीया श्रीमती भगवती खत्रीलाई खुकुरी प्रहार गरेका थिए । र, उनी गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारका लागि रोसिको फार्मेसी हरहर महादेवमा लगिएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !