१३ आश्विन २०८१, आइतबार

एक सय ६० केजी अवैध लागू औषध गाँजासहित दुई जना पक्राउ


crimes

३ वैशाख, काठमाण्डौ । एक सय ६० केजी अवैध लागू औषध गाँजासहित मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ का २२ वर्षीय सोमबहादुर थोकर र सोही जिल्ला कैलाश गाउँपालिका वडा नम्बर २ का ३६ वर्षीय इमानसिंह स्याङबो पक्राउ परेका छन ।

नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी १ सय ६० केजी अवैध लागू औषध गाँजासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएको हो ।

गत शनिवार विशेष सूचनाको आधारमा व्यूरोको टोलीले उनीहरुलाई इन्धन बोक्ने टयांकरमा लुकाईछिपाई राखिएको गाँजासहित काठमाण्डौको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ स्थित झ्याप्ले खोला सडक किनारावाट पक्राउ गरेको हो ।

ना ४ ख ५३६८ नम्बरको इन्धन बोक्ने टयांकर भित्र अगाडि क्याबिनमा ७ वटा प्लाष्टिकका बोरा भित्र १७ वटा पोकाहरुमा प्याक गरिएको गाँजा बरामद गरिएको व्यूरो प्रमुख प्रहरी नायव महानिरीक्षक ठूले राईले जानकारी दिए ।

टयांकरमा लुकाईछिपाई त्रिभुवन राजपथको बाटो हुँदै सर्लाहीको मलंगवावाट भारत निकासी गर्न लागिएको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट खुल्न आएको छ ।

पक्राउ परेका दुवै जना विगत लामो समयदेखि अवैध लागू औषध गाँजा कारोबारमा संलग्न रहेको प्रहरीले आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !