५ आश्विन २०८१, शनिबार

नापी प्रमुख ५० हजार घुससहित पक्राउ


CIAA_Akhtiyar

२९ चैत, उदयपुर । उदयपुरका नापी शाखा प्रमुख श्यामबाबु साह बिहीबार बिहान ५० हजार घुससहित पक्राउ परेका छन् ।

अघिल्लो दिन सेवाग्राहीवाट लिएको घुससहित बिहान ८ बजे अख्तियार अनुसन्धान आयोगको टोलीले उनलाई निवासवाटै पक्राउ गरेको हो ।

साहलार्इ अख्तियारको पूर्व क्षेत्रीय कार्यालय इटहरीवाट आएको प्रहरी निरीक्षक कमाण्डको टोलीले छापा मार्दा नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घुस कसले दिएको भन्ने खुलिसकेको छैन । सदरमुकामको मुटुमा रहेको त्रियुगा माध्यामिक विद्यालयको जग्गा अतिक्रमण गर्ने गरी नक्शा परिवर्तन गर्न केही भूमाफीयाले ३ वर्षदेखि प्रयास गरिरहेको विषयमा प्रमुख साह र जग्गाधनीवीच बार्गेनिङ चलेको स्रोतको दाबी छ ।

नक्शा सुधार गरेवापत २ लाख लिने सहमति भएको र ५० हजार पेश्कीवापत लिएको उजुरी आएपछि अख्तियारको टोलीले उनको निवासमा छापा मारेको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले साह पक्राउ परेको पुष्टि गर्दै सबै विवरण आपुूलाई प्राप्त नभइसकेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !