३ आश्विन २०८१, बिहीबार

सामूहिक बलत्कारमा संलग्न तीन पक्राउ


crimes

१६ चैत, पर्वत । एक युवतीमाथि सामूहिक बलत्कार गरेको आरोपमा पर्वतमा तीन जना पक्राउ परेका छन ।

बिहिबार राति कुश्मा नगरपालिका ४ छमर्केमा रहेको सेवा होटलमा उनीहरूले युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले कुश्मा नगरपालिका १ पाङ स्थित सहस्रधारा घर भएका, पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी यूनियनका सभापति शिशिर क्षेत्री, कुश्मा नगरपालिका ५ मेलमिलापचोकका सुजल श्रेष्ठ र फलेवास नगरपालिका ६ देविस्थानका सौगात शर्मा पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

बाग्लुङको चैते दशैँ मेला अवलोकन गरेर फर्किँदै गरेका दुई युवती सँगै बिहिबार दिउँसो ३ बजेदेखि खाजा खाँदै उक्त गेष्ट हाउसमा बसेका उनीहरुले स्यङ्जा जिल्ला घर भएकी १६ वर्षीया युवतीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक दीलिप घिमिरेले जानकारी दिए ।

उनीहरूले सँगै आएका दुई युवतीलाई जबरजस्ती करणीको प्रयास गरेको भएपनि एक युवती भाग्न सफल भएकी तथा बलात्कृत स्याङजाकी युवतीलाई भने समातेर बलात्कार गरेको प्रहरीले बताएको छ ।

भाग्न सफल युवतीले आफन्तहरूलाई खबर गरेपछि उनका आफन्तहरूले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजतलास गर्दा सोही होटलमा तीनै जना युवाहरू सहित एक युवतीसँगै रङ्गेहात पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा लिइएको थियो ।

पीडित युवती र घटनामा संलग्न युवाहरूबीच यस अघि कहीँ कतै पनि भेट तथा चिनजान नभएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पीडित युवतीका आफन्तहरूलाई बोलाएर जबरजस्ती करणी अन्तर्गत मुद्धा दायर गर्ने प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरीक्षक घिमिरेले बताए । घटनामा संलग्न तीनै जना आरोपितलाई म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-थाहा खबर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !