६ बैशाख २०८१, बिहिबार

मन्त्रालयको गाडीभित्र निर्वस्त्र भेटिए २१ बर्षीया युवतिसँग यी कर्मचारी !


काठमाडौं । भक्तपुरको घ्याम्पे डाँडाको जंगलमा गाडी रोकेर अश्लील क्रियाकलाप गरेको अभियोगमा तीन जनालाई प्रहरीेले रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला छन् । प्रहरी अनुसार कार्की र महिला गाडीभित्र अश्लील गतिविधि गरिरहेका थिए ।

उक्त गाडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार जंगलमा प्रदेश नंम्बर ३–०१–००२ झ ५०५२ नम्बरको गाडी रोकेर उनीहरु अश्लील गतिविधि गरिरहेका थिए ।

भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीले गाडीभित्र यौनजन्य गतिविधि गरेको आरोपमा तीन जनालाई बुधबार राति ११ बजे पक्राउ गरेर सोधपुछ गरिरहेको जानकारी दिए ।

सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडीबाट उनीहरु ‘रंगेहात’ पक्राउ परेको गिरीले बताए । उनीहरुविरुद्ध सार्वजनिक स्थानमा यौन क्रियाकलाप गर्न नहुने कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

गस्ती गएको प्रहरीले गाडीभित्र निर्वस्त्र अवस्थामा महिला र पुरुषहरुलाई देखेपछि रंगेहात समातेको हो । गाडी चालक खत्री मन्त्रालयकै कर्मचारी रहेको खुलेको छ ।-दृष्टिवाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !