२ जेष्ठ २०८१, बुधबार

दाङमा आफ्नै छोराले गरे बाबुको हत्या


crimes

८ माघ, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–८ कृष्णमन्दिरस्थित तेजबहादुर चौधरीले आफ्नै बुबाको हत्या गरेको प्रहरीले जनाएको छ ।
। तेजबहादुरले ५२ बर्षिय बुबा बाबुराम चौधरीलाई आइतबार राति ११ को समयमा हत्या गरेर आत्महत्या गरेको हो भन्ने देखाउन डोरीमा झुन्ड्याएको प्रहरीले अभियोग लगाएको छ ।

सुरुमा आत्महत्या जस्तो देखिएपनि घटनाबारे प्रहरीले अनुसन्धान गर्दा मृतकको घाँटीमा चोटपटक लागेको पाइएको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । घरायसी विवादका कारण बाबुरामको उनका छोराले हत्या गरेर झुण्डिएर आत्महत्या गरेको देखाउन घरको भान्सा कोठामा झुण्ड्याएको प्रारम्भिक अनुसन्धानले देखाएको सापकोटाले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !