१ पुस, झापा । झापाको काकँडभिट्टावाट ब्राउन सुगरसहित पाँच युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत दार्जिलिङ जिल्ला पानीट्यांकीका २८ वर्षीय महेश वर्मन, झापा मेचीनगर नगरपालिका ६ का २० वर्षीय २० हर्कबहादुर तामाङ, २८ वर्षीय धनु भुजेल, २७ वर्षीय योगेश राई र २० वर्षीय सक्कल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका नायव प्रहरी उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय काकँडभिट्टावाट खटिएका प्रहरी निरीक्षक कोमल ठाकुरसहितको टोलीले उनीहरुलाई मेचीनगर ६ सतीघट्टावाट ११ सय ५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको नायव प्रहरी उपरीक्षक बस्नेतले बताए ।