४ बैशाख २०८१, मंगलबार

२ व्यक्तिलाई निर्ममतापूर्वक कुट्ने सशस्त्र प्रहरीका हवल्दार निलम्बित


सशस्त्र प्रहरीका हवल्दार निलम्बित

चैत १७, जनकपुरधाम । २ व्यक्तिलाई निर्ममतापूर्वक कुट्ने सशस्त्र प्रहरीका हवल्दार निलम्बित भएका छन् । लकडाउनको समयमा दैनिक उपभोग्यको सामान किनेर गइरहेका केही व्यक्तिलाई कुटने सशस्त्र प्रहरी कारबाहीमा परेका छन् । लकडाउन उल्लंघन गरेको आरोपमा बलान बिहुल गाउँपालिका-३ मौवाहाका हरेकृष्ण साह र चन्द्र यादवलाई सप्तरीको बलानबिहुल गाउँपालिकामा सशस्त्र प्रहरी हबल्दारले कुटपिट गरेका थिए ।

आज सोमबार २ जनालाई व्यक्तिलाई सशस्त्र प्रहरीले निर्ममतापूर्वक कुटेको भिडियो सार्वजनिक भएपछि नेपाल बिओपी रामनगर सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हबल्दार मनोज चौधरी निलम्बनमा परेका छन् । कोरोना भाइरस (कोभिड १९) को महामारीको समस्यामा रहेको समय नेपाल पनि लकडाउनमा रहेको अवस्थामा सर्वसाधारणलाई कुटने चौधरीलाई निलम्बन गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ।

कोरोना भाइरस संक्रमणको महामारी रोकथामको लागि खटिरहेका सशस्त्र प्रहरीबल देश र देशवासीको सुरक्षाको लागि खटेकोले गलत गर्नेलाई कारवाही गरेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !