८ जेष्ठ २०८१, मंगलबार

राहतको नाममा कुहिएको दाल बेचेको आरोपमा मेयर पक्राउ


राजेश राय

वैशाख ९, बारा । कलैया उपमहानगरपालिकाका मेयर राजेश राय पक्राउ परेका छन् । कोरोना भाइरसले गर्दा सरकारले लकडाउन गरेपछि समस्यामा परेका जनताहरुलाई कुहिएको दाल बिक्री गरेको आरोपमा मेयर राय पक्राउ परेका हुन् ।

एक वडाध्यक्षहरुलाई ४ वर्ष पुरानो दाल बेचेको पाइएपछि मेयर रायलाई पक्राउ गरिएको एक प्रहरीले जानकारी दिए । यस घटनामा संलग्न कलैया–१ का वडाध्यक्ष हरिओम साह, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया-२० का वडा सचिव खेदु मियाँसँगै कलैया-७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई नियन्त्रणमा लिइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !