सप्तरी । सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने सञ्चालकलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।
सरकारले राजविराजका विद्यालयहरु वैशाख मसान्तभरका लागि बन्द गर्न निर्देशन दिएको थियो । स्रोतकाअनुसार पटक–पटक सम्झाउँदा पनि विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।