२२ भाद्र २०८१, शनिबार

विप्लव समूहप्रति सरकार कठोर बन्दै : नेता धर्मेन्द्र बाँस्तोला पक्राउ


धर्मेन्द्र बाँस्तोला

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रति गृहमन्त्री राम बहादुर थापा ‘वादल’ कठोर बन्दै गएका छन् । यसैको परिणामस्वरूप उक्त समूहका प्रमुख नेता धमेन्द्र बास्तोला पक्राउ परेका छन् ।

विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोलालाई ललितपुर र मकवानपुरको सीमा क्षेत्र बागमती गाउँपालिकाबाट प्रहरीले पक्राउ गरिएको एक उच्च प्रहरी अधिकारी बताएका छन् । उनी समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख समेत हुन् ।

बाँस्तोलासँगै समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ निकट नेता विवेक कुमाल पनि पक्राउ परेका छन् । विप्लब समूहको दोस्रो नेता मानिने बास्तोलालाई मकवानपुरबाट काठमाडौं उपत्यका प्रवेश गर्न लागेको सूचनाका आधारमा खोजीमा गएको प्रहरीले पक्राउ गरेको छ ।

बास्तोलाको साथबाट महत्वपूर्ण दस्तावेज बरामद् भए पनि हतियार बरामदबारे प्रहरीले खुलाएको छैन । घटनाको बारेमा थप विवरण आउन भने बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !