१३ आश्विन २०८१, आइतबार

मादक पदार्थ सेवन गरी श्रीमती र छोरीलाई तारपिनको तेल प्रहार गर्ने पक्राउ


पक्राउ

काठमाडौँ, साउन २२ । काठमाडौंको चाबहिल चुच्चेपाटीमा मादक पदार्थ सेवन गरी श्रीमती र छोरीमाथि तारपिनको तेल प्रहार गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहीबार राती मादक पदार्थ सेवन गरेर श्रीमती र छोरीमाथि तारपिनको तेल प्रहार गर्ने अन्दाजी ४४ वर्षीय राजन विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

विष्टले बिहीबार राती ९ बजेतिर श्रीमती र छोरीमाथि तारपिनको तेल प्रहार गरेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुशील कुमार यादवले जानकारी दिएका छन् । विष्टलाई अहिले महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ । पीडितहरु अहिले आमा र छोरी दुवै जना अस्पतालवाट डिस्चार्ज भएको प्रवक्ता एसएसपी यादवले बताए ।

एसिड भनेर तारपिनको तेल हान्ने पुरुषका आफन्तका अनुसार निज पुरुष मदिरा सेवन गरेर हानेको खुलेको छ । एसिड हानेको हो कि भनेर आफन्तले निज व्यक्तिका छोरी र श्रीमतीलाई जाँच गराउन तिलगंगा आँखा अस्पतालमा लागेका थिए तर त्यहाँ परीक्षण गर्दा एसिड नभएर तारपिनको तेल भएको जानकारी प्राप्त भएको छ ।

मकवानपुरको पालुङ घर भई चुच्चेपाटी डेरा गरी बस्ने उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आपसी विवादका क्रममा श्रीमानले श्रीमतीलाई एसिड भनेर हानेको र सो क्रममा छोरीलाई पनि लागेको बताइएको छ । उक्त केमिकलको कारण श्रीमतीको आँखामा चोट लागेकोले उनलाई तिलगङ्गा आँखा अस्पताल लगिएको थियो ।

टाउको र अनुहारमा तारपिनको तेल प्रहार गरेपनि आँखाको ज्योतिमा असर नपरेको चिकित्सकको भनाइ उद्धृत गर्दै उनले जानकारी दिए । विष्टले मादक पदार्थ सेवन गरी सधैं झगडा गर्ने गरेको पनि खुल्न आएको छ । उनीहरुको घरायसी झगडा भईरहेने पनि गरेको जानकारी प्राप्त भएको छ ।

साथै निज पुरुष १ वर्षअघि विदेशवाट नेपाल फर्की ६ महिना अघिसम्म कोटेश्वरको माइक्रोबस काउन्टरमा काम गर्ने गर्थे भने अहिले बेरोजगार भएका छन् । नेपालमा कोरोनाको संक्रमण बढिरहेको परिप्रेक्ष र लकडाउनको असरले गर्दा देशको अर्थतन्त्र धरासायी भएको छ भने बेरोजगार भएर धेरै मानिसको जीवनस्तर एकदम खस्केकोले यस्ता अपराधका घटनामा वृद्धि हुने देखिन्छ ।

यो पनि पढ्नुहोस्

काठमाडौँको चुच्चेपाटी बाबुले छोरी र श्रीमतीलाई तर्साउन एसिड भनेर तारपिनको तेल प्रहार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !