६ बैशाख २०८१, बिहिबार

काठमाडौँको चुच्चेपाटी बाबुले छोरी र श्रीमतीलाई तर्साउन एसिड भनेर तारपिनको तेल प्रहार


डिस्टिल वाटर

काठमाडौं, साउन २२ । राजधनी काठमाडौँको चुच्चेपाटीमा एक जना पुरुषले आफ्नी छोरी र श्रीमतीलाई तर्साउन एसिड भनेर तारपिनको तेलको भाँडोमा राखिएको तेल हानेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुशील कुमार यादवले नेपालपत्रलाई बताए ।

प्रवक्ता यादवका अनुसार भर्खरै आमा र छोरी दुवै जना अस्पतालवाट डिस्चार्ज भएका छन् । हेटौंडा घर भई चुच्चेपाटी डेरा गरी बस्ने उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आपसी विवादका क्रममा श्रीमानले श्रीमतीलाई एसिड भनेर हानेको र सो क्रममा छोरीलाई पनि लागेको बताइएको छ । उक्त केमिकलको कारण श्रीमतीको आँखामा चोट लागेकोले उनलाई तिलगङ्गा आँखा अस्पताल लगिएको थियो ।

एसिड भनेर तारपिनको तेल हान्ने पुरुषका आफन्तका अनुसार निज पुरुष मदिरा सेवन गरेर हानेको खुलेको छ । एसिड हानेको हो कि भनेर आफन्तले निज व्यक्तिका छोरी र श्रीमतीलाई जाँच गराउन तिलगंगा आँखा अस्पतालमा लागेका थिए तर त्यहाँ परीक्षण गर्दा एसिड नभएर तारपिनको तेल भएको जानकारी प्राप्त भएको छ ।

उक्त पुरुष मकवानपुरको पालुङको बिष्ट थरको भएको खुलेको छ । उनीहरुको घरायसी झगडा भईरहेने पनि गरेको जानकारी प्राप्त भएको छ । साथै निज पुरुष १ वर्षअघि विदेशवाट नेपाल फर्की ६ महिना अघिसम्म कोटेश्वरको माइक्रोबस काउन्टरमा काम गर्ने गर्थे भने अहिले बेरोजगार भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !