१३ आश्विन २०८१, आइतबार

सुनसरीमा पेस्तोल सहित २ जना मानिस पक्राउ


पक्राउ

सुनसरी, श्रावण २ । सुनसरीको देवानगंज गाउँपालिका-३ पानीट्याङकीबाट आटोमटिक पेस्तोल सहित २ जना मानिस पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले देवानगञ्ज गाउँपालिका-२ का २३ बर्षीय पिन्टु यादव र ३२ बर्षीय राजेश यादवलाई पक्राउ गरेको हो ।

गस्तिमा रहेको प्रहरी टोलीले ३ जना भारतिय नागरीक सहित २ वटा मोटरसाईकलमा आएका ५ जनाको समुहलाई रोकेर चेकजाँच गर्ने क्रममा एक्कासी प्रहरी टोलीलाई लक्षित गरी फायर खोलेकोमा प्रहरीको तर्फबाट समेत जवाफी फायर हुँदा दुई जना घाईते भएको तथा अन्य ३ जना भारत तर्फ नै फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले USA अटोमटिक पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड र म्यागजिन २ थान तथा भारतिय नम्बर प्लेटको मोटरसाईकल १ थान र One Test साईन मोटरसाईकल १ थान बरामद गरेको छ । घाईते भएका दुबै यादवद्धयको बि.पी. कोईराला स्वसास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !