१२ असार २०८१, बुधबार

ट्र्याक्टरको ठक्करबाट मृत्यु


ट्र्याक्टर

लहान, ९ चैत । सिरहाको लहान नगरपालिका–१५ मोहनपुरस्थित भित्री सडक खण्डमा ट्र्याक्टरको ठक्करबाट आज बिहान एक बालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको स १ त ५३०० नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा सिरहाको सुखिपुर घर भई लहान नगरपालिका-१५ मोहनपुरस्थित मामा घर बस्दै आएका सञ्जयकुमार महतोका सात वर्षीय छोरा स्वागतको मृत्यु भएको हो ।

ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते स्वागतलाई उपचारका लागि लहानतर्फ ल्याउँदै गर्दा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !