३ जेष्ठ २०८१, बिहिबार

भेडेटारको कार्कीछापमा बस दुर्घटना २३ घाइते (नामावलीसहित)


भेडेटारको कार्कीछापमा बस दुर्घटना

फागुन २३, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा आज दिउँसो १२ बजे बस दुर्घटना भएको छ । दुर्घटनामा परी २३ जना घाईते भएको प्रहरीले जनाएको छ । घाईतेलाई उद्धार गरेर अस्पताल पठाउँने क्रम जारी रहेकाले घाईतेको संख्या यकिन हुँन वाँकी रहेको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

धरानबाट तेह्रथुमको सुदापतर्फ जाँदै गरेको को.१.ख २८२४ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । घाईतेहरुलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ । घाइतेहरुको नामावली निम्न छ ।

१. मोरङ केराबारी गाउँपालिका–९ का ३२ बर्षीय अमर राई

२. मोरङ केराबारी गाउँपालिका–९ का २६ बर्षीया चन्द्रकला राई

३. मोरङ केराबारी गाउँपालिका–९ का चन्द्रकला राईकी छोरी १ बर्षीया सुमिता राई

४. धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का २३ बर्षीय कृष्ण लिम्बु

५. धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का ४२ बर्षीय नविन लिम्बु

६. धनकुटाको चौबिसे गाउँपालिका–७ का ५० बर्षीया उर्मिला बराल

७. संखुवासभाको खपना–५ का २७ बर्षीय नविन खत्री

८. धनकुटाको छथरजोरपाटी गाउँपालिका–५ का ३० बर्षीया सम्झना राई

९. धनकुटाको छथरजोरपाटी गाउँपालिका–५ का २९ बर्षीय कमल लिम्बु

१०. धनकुटाको छथरजोरपाटी गाउँपालिका–५ का २९ बर्षीय डम्बर मगर

११. तेह्रथुमको छथर गाउँपालिका–१ का २३ बर्षीया दुर्गा कार्की

१२. धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ का १९ बर्षीय भगवती दाहाल

१३. धनकुटाको छथरजोरपाटी गाउँपालिका–२ का १२ बर्षीया अञ्जली दाहाल

१४. मोरङको पथरीशनिश्चरे–१० का ८० बर्षीय उदय बहादुर भट्टराई

१५. धनकुटाको पाख्रीबास नगरपालिका–६ का ३० बर्षीया रमा सापकोटा

१६. सुनसरीको ईटहरी उपमहानगरपालिका–११ का ४२ बर्षीया साबित्रा थापा

१७. सुनसरीको ईटहरी उपमहानगरपालिका–११ का ५६ बर्षीया टिकादेवी भट्टराई

१८. धनकुटाको धनकुटा नगरपालिका–९ बेलहाराका ३५ बर्षीया इन्दिरा बिष्ट

१९. सुनसरीको ईटहरी उपमहानगरपालिका–९ का २५ बर्षीया जानुका बस्नेत

२०. सुनसरीको ईटहरी उपमहानगरपालिका–५ का ३० बर्षीया निर्मला दाहाल

२१. मोरङको उर्लाबारी नगरपालिका–४ का ४० बर्षीया साबित्रा श्रेष्ठ

२२. मोरङको पथरीशनिश्चरे–६ का २२ बर्षीया पुजा श्रेष्ठ

२३. काठमाण्डौ धलिखेल–९ का ४० बर्षीय रगु श्रेष्ठ

यो पनि पढ्नुहोस्

मिनी ट्रक दुर्घटनामा चालक र सहचालकको मृत्यु

१० सवारी साधन ठोक्किएर दुर्घटना हुँदा १५ घाइते


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !