१३ असार २०८१, बिहिबार

१० सवारी साधन ठोक्किएर दुर्घटना हुँदा १५ घाइते


दुर्घटना

भक्तपुर, २३ फागुन । सूर्यविनायक नगरपालिका-५ चुनदेवीस्थित सडकमा आज सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नं ३-०१-००३ प ४६४७ काठमाडौँ वल्र्ड स्कूलको भ्यानका कारण एकै पटक १० वटा सवारीसाधन एकापसमा ठोक्किदा १५ जना घाइते भएका छन् ।

भ्यानले सडकमा अचानक ब्रेक लगाउँदा पछाडि आउँदै गरेको बा.१६च.४३६१ नंको टाटा मोबाइल गाडीले ठक्कर दिई दुर्घटना हुँदा सो टाटा पछाडि आउँदै गरेको बा.४१प.४४०९ नंको मोटरसाइकल, बा.३ख. ३३४९ नंको बस, प्रदेश ३बा.२८३६ नंको कार बा.७०प.४४४५ नंको मोटरसाइकल, प्रदेश नं ३–०२–००७प.९६६४ नंको स्कुटर, प्रदेश नं ३–०१–००३क.४६४४ नंको भ्यान, प्रदेश नं ३–०१–००३क४६४१ नंको भ्यान, प्रदेश नं ३–०२–०१०प३७६३ नंको मोटरसाइकलसमेत गरी १० वटा सवारीसाधन ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । घाइतेहरुको भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा अस्पतालमा उपचार भइरहेको र उनीहरु खतरामुक्त रहेको प्रहरीको भनाइ छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !