१६ आश्विन २०८१, बुधबार

मोटरसाइकल दुर्घटनामा मृत्यु


मृत्यु

७ पुस, काठमाडौँ । काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–३१ स्थित सडकमा बा७६प ६९०० नंको मोटरसाइकल र बा ३९ प ४३९९ नंको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका बा७६प ६९०० नम्बरको मोटरसाइकल चालक स्वयम्भू चौमती बस्ने २१ वर्षीय सुरज महर्जनको सिभिल अस्पताल मिनभवनमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार सोही स्थान बस्ने १९ वर्षीया रुकसाना श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न बा३९प ४३९९ नंको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका–४ टुँडालदेवीस्थित आकाशगङ्गा कृषि सहकारी संस्थाबाट करीब रु पाँच लाख ९१ हजार चोरी भएको छ । काठमाडौँ महानगरपालिका–१६ माछापोखरी कुमारीस्थान डेरा गरी बस्ने नुवाकोटका केशव बराल र धादिङ छत्रेदेउरालीका अर्जुन रिजालको डेराबाट शुक्रबार करीब रु सात लाख २३ हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै काठमाडौं महानगरपालिका–१८ नरदेवी डेरा गरी बस्ने काभ्रेकी सुस्मिता श्रेष्ठको कोठाबाट गरगहना र नगदसहित करीब रु एक लाख बढीको धनमाल चोरी भएको र संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !