१२ असार २०८१, बुधबार

बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १० जना घाइते


बैतडीमा जीप दुर्घटना

धनगढी । बैतडी जिल्लामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । बैतडीको सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ आउँदै गरेको से १ ज ७३९ नम्बरको जीप लगनबजार नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा परी २ जनाको घटनास्थलमै मुत्यु भएको हो । अहिले प्रहरी चौकी ठाँटा र प्रहरी चौकी खोडपेबाट खटिएको प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरुको उद्दार गरिरहेको छ । जीप सडकबाट ५० मिटर तल खसेको छ ।

जीप दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको सनाखत भएको छ । जीप दुर्घटना हुँदा सिगास गााउँपालिका ३ का ६४ वर्षीय रामसिह धामी र ४५ वर्षीय मानसिँह साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडी स्रोतले बताएको छ ।

घाइते १० जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ भने ६ जनाको अवस्था समान्य रहेको छ । गम्भिर घाइते हुनेहरुमा सिगास–३ का ४५ वर्षीय जयसिह धामी, सोही ठाँउका १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण धामी र ४० वर्षीय गौमती साउद रहेका छन् ।

समान्य घाइते हुनेहरुमा सिगास–३ का २९ वर्षीय करनसिह धामी, सोही ठाँउका ४५ वर्षीय दलबिर साउद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया बाशुमती धामी, १९ वर्षीय खगेन्द्रं साउद र ४४ वर्षीय हरीभाम साउद रहेका छन् । घाइतेहरुलाई डडेल्धुरा अस्पताल पठाउने तयारी भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !