१२ बैशाख २०८१, बुधबार

राइफलको गोली लागेर सेना गम्भीर घाइते


गोली चल्यो

नेपाली सेनाको चण्डीप्रसाद गणका एक जना सिपाही गोली लागेर घाइते भएका छन् । स्रोतका अनुसार पोखरिया नगरपालिका–५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान घाइते भएका हुन् ।

स्रोतका अनुसार चौहानको बायाँ चिउँडोको मुनि घाँटीको भाग र दाहिने आँखाको मुनि अनुहारको भागमा एन–१६ राइफलको गोली लागेको घाउ छ । उनको घाउ हेर्दा गोली छेडेर बाहिर निस्किएको जस्तो देखिन्छ । आफैंले बोकेको राइफल पड्किएर उनी घाइते भएको सैनिक स्रोत बताउँछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !