३ असार २०८१, सोमबार

सिन्धुलीमा जीप दुर्घटना : ४ जनाको मृत्यु, ७ जना घाइते


दुर्घटना

सिन्धुली । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका-७ करमडाँडामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । सिन्धुलीमाडी बजारबाट बाँसकटेरीतर्फ गइरहेको बा १७ च १११७ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुली स्रोतले जानकारी दिएको छ ।

मृत्यु हुनेमा २ जना महिला, १ जना पुरुष र १ जना बच्चा रहेका छन् । मृत्यु हुनेमा कमलामाई नगरपालिका-७ का ६० वर्षका रुद्रबहादुर थापा, सोही नगरपालिकाका १८ वर्षीया रिता एस्लानी, १९ वर्षीया दुर्गा श्रेष्ठ र उनको २ वर्षको छोरा मनिष श्रेष्ठ रहेका छन् ।

घाइते भएका ७ जनालाई उपचारका लागि सिन्धुुली अस्पतालमा ल्याइएको छ । सो जीपमा ११ जना सवार थिए । उक्त जीप अनियन्त्रित भई सडकबाट ६० मिटर तल खसेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !