१४ बैशाख २०८१, शुक्रबार

योगेश भट्टराईलाई आइलाग्यो लफडा : रौतहटमा उनी चढेको गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा एक घाइते

घाइतेको उपचारका लागि काठमाडौं ल्याइँदै


योगेश भट्टराई

काठमाडौँ । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता तथा पूर्वमन्त्री योगेश भट्टराई चढेको गाडीले रौतहटमा एक साइकल यात्रुलाई ठक्कर दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट स्रोतका अनुसार जनकपुरबाट हेटौंडातर्फ जाँदै गरेको भट्टराई सवार ज १ झ ४२७ नम्बरको गाडीले साइकल यात्री ५५ वर्षीय इन्द्रप्रसाद घिमिरेलाई रौतहटको चन्द्रनिगाहापुर-४ स्थित पूर्वपश्चिम राजमार्गमा ७ः१५ बजे ठक्कर दिँदा घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहट स्रोतका अनुसार घाइते घिमिरेलाई चपुरस्थित सिभिल अस्पतालमा लगिएतापनि उनको ढाड र छातीमा चोट देखिएकोले उक्त अस्पतालले रिफर गरेपछि घाइते घिमिरेलाई एम्बुलेन्समा राखेर ललितपुरको बीएण्डबी अस्पताल ल्याइँदै गरेको बताएको छ ।

प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएतापनि नेता भट्टराई भने अर्को गाडीमा चढेर हेटौंडा गइसकेको बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !