६ जेष्ठ २०८१, आइतबार

मोटरसाइकल दुर्घटना हुँदा १ जना युवकको मृत्यु


दुर्घटना

कैलाली । मोटरसाइकल दुर्घटनामा परी १ जना युवकको आज मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-६ मटियारीस्थित सडकखण्डमा सुपप्र ०१००९ प ९१७ नम्बरको मोटरसाइकल दुर्घटनामा हुँदा सोही ठाउँका १८ वर्षीय रोहित रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

रानाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । ३ जना सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको र दुर्घटनामा परी घाइते भएका धनगढी उपमहानगरपालिका-६ कृष्ण राना र मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ का मिलेन्द्रसिंह राना घाइते भई उपचार भइरहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !